राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना
काठमाडाैं | बैशाख ५, २०८०
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना हुनुभएको छ।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।
अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार, राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो।
सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उहाँ निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।
यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो । सोमबार ९हिजो० छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

